तराईको सम्भावित बाढी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको छ । नेकपाका विरोध खतिवडाले मकवानपुरको मनहरी–४ मा आरक्ष प्रभावित ३०० घरपरिवारलाई बसोबासको प्रबन्ध गर्न सरकारसंग माग गर्नुभयो