काठमाडौं । नेपाली कांग्रेस दुई मन्त्रालयसहित कर्णाली प्रदेश सरकारमा जाने भएको छ । सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा जाने भएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उहाँको पक्षमा मतदान गरेको थियो । कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएपछि शुक्रबार मन्त्रीको शपथ हुने मुख्यमन्त्रीको कार्यालयले बताएको छ ।
नेपाली कांग्रेस स्रोतका अनुसार कांग्रेसले प्रदेश सांसदहरु यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।