विकासको गति बढाउन सरकारलाई सुझाव : अध्यक्ष तिमिल्सिना
चितवन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विधेयकहरु चाँडो ल्याउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “केही विधेयकहरु समय सीमाको हिसाबले असोज २ गतेभित्र आइसक्नुपर्ने हुन्छ ।