बिम्स्टेक सम्मेलनले आपसी मित्रता, एकता, साझेदारी र आपसी सहयोगलाई थप मजबुत बनाउने : राष्ट्रपति
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले साझा प्रयासबाट जनताको जीवनमा गुणात्मक, स्पष्ट र प्रत्यक्ष अनुभूत हुने अग्रगतितर्फ आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन