त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु राखेको हल्लापछि यात्रुहरूलाई बाहिर राखियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको हल्लापछि यात्रुहरूलाई बाहिर पठाइएको छ । विमानस्थल परिसरमा बम राखेको भनेर अज्ञात व्यक्तिले प्रहरीलाई फोन गरेका थिए । फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको हो ।