गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय
चितवन । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन् । भरतपुरमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले जनताको चाहनाअनुसार सरकार बनेको बताइन् ।