रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो
रसुवा । सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा