मौसम पूर्वानुमानः पश्चिमी भूभागमा आज र भोलि वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भूभागमा आज (मंगलबार) र भोलि (बुधबार) दुई दिन वर्षा र हिमपातको सम्भावना छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ