म्याराथनको उपाधि सेनाका दनुवारलाई
भीमदत्तनगर, कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार सम्पन्न भएको दोस्रो जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताकोे उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जित्नु भएको छ । भीमदत्तनगर बजारदेखि ब्रह्मदेवसम्म भएको उक्त प्रतियोगितामा सेनाको श्रीनाथ गणका जवान दनुवारले उपाधि जितेको आयोजक भीमदत्त नगरपालिकाले जनाएको