तीन प्रदेशमा ठूलो वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । आज बिहानैदेखि देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशमा पनि एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशको पश्चिमी क्षेत्रबाट