बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जना घाइते
काठमाडौँ । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका १ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ