भागबण्डामा कुरा नमिल्दा कर्णाली सरकार विस्तारमा अन्यौल
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एक साता भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही १५ कात्तिक राजीनामा दिएपछि १६ गते मंगलवार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त हुनुभएको थियो