सत्ता गठबन्धनकै दलबाट कर्णाली प्रदेशसभाको बैठक बहिस्कार
कर्णाली । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले सदन बहिष्कार गरेपछि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन । साउन ३ गते बसेको प्रदेशसभाको १०औँ अधिवेशनको २६औँ बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो ।