माधव आफूले आफैँलाई सिध्याउने दिशामा लाग्नुभएको छ : एमाले उपाध्यक्ष ज्ञवाली
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूले आफैँलाई सिध्याउने दिशामा लाग्नुभएको बताउनुभएको छ । सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले यस्तो बताउनुभएको हो ।