लुम्बिनी सरकारले पठायो चिकित्सक र औषधीसहितको टोली जाजरकोट
दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुममा पठाएको छ । जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठाएको हो ।