एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल दुई मत बढीले विजयी भएका छन्। बुधबार बिहान २ बजे सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४ सय ७९ र उनका निकटतम प्रतिस्पर्धी प्यूठानका हरिप्रसाद रिजालले ४ सय ७७ मत लिए।