प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या
दाङ । दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् । दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।