भ्रमका कारण स्थायी बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु
बलेवा, बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको हो । एक छोरा र दुई छोरीकी आमा उहाँले परिवार नियोजनको