स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । उनी २ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद बनेका हुन् ।
थापाले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले २८ हजार ७४४ मत पाए। यसैगरी, तेस्रोमा स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत पाए ।