भागवण्डा पुर्याउन गण्डकीमा बढाइयो मन्त्रालयको संख्या
पोखरा । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले गठवन्धन दललाई भागवण्डा पुर्याउन मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्याएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको गण्डकी सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिएका