मलाई शक्तिशाली हुने इच्छा र चाहना छैन : प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै त्यसलाई निमिट्यान्न पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिँदै उहाँले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न भ्रष्टाचार नियन्त्रणमा लिनुपर्ने बताउनुभयो ।