त्रिवि भिजन उपलब्धि : उपकुलपति खनियाँ
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताउनुभएको छ । उहाँको कार्यकाल भोलि शुक्रबारदेखि सकिदैछ । त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो ।