पहिलोपटक बर्ड फ्लुबाट २१ वर्षीय युवकको मृत्यु
काठमाडौँ, काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ