नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध
गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुभएको छ । गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।