कोरोनाका त्रासबीच तरकारीको सहजता
काठमाडौँ । काठमाडौँ–१६ वनस्थलीकी शर्मिला थापा अचानक लकडाउनको खबरले त्रसित हुनुभयो । लकडाउन हुनुअगावै दैनिक उपभोग्य खाद्यान्न र ग्यास नपाइने हल्ला चलेपछि उहाँले त्यसको जोहो गरिसक्नुभएको थियो । तर खाद्यान्नभन्दा तरकारी लामो समयसम्म सञ्चय गरेर राख्न नमिल्ने भएकाले त्यसको जोहो