युवापुस्तामा परम्परागत चित्रकलामा रुचि
काठमाडौँ, ललितकला विषयमा अध्ययनरत काभ्रेकी डोना मगरलाई आफ्नो परम्परागत चित्रकलामा रुचि छ । केही दिन पहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरेको परम्परागत चित्रकलासम्बन्धी प्रशिक्षणमा सहभागी उहाँले आफ्नो परम्परागत चित्रकलामा आफू बसिरहेको समाजको चित्रण हुने बताउनुहुन्छ । “हामीले मानिरहेको धर्म,