काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते मध्यरातदेखि निषेधाज्ञा जारी हुने सम्भावना बढेको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा जारी गर्ने सहमति गरेको बताइएको छ ।
निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भएपछि आज फेरि बैठक बसेर निर्णय सार्वजनिक गर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।
खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गर्ने बताइएको छ ।
संक्रमण फैलिन नदिन थप निर्णय गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुले सरकारलाई समेत अनुरोध गर्ने तयारी भएको जानकारी दिइएको छ ।