काठमाडौंमा शुक्रबार १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो । महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका