पाटन दरबार क्षेत्रको अवलोकनमा पुगे महासचिव गुटेरेस
काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवम् पुरातात्त्विक महत्वका सम्पदाबारे जानकारी दिएका थिए