वसन्तपुरलगायत काठमाडौंका विभिन्न स्थानमा होलीको रौनक (तस्बीरहरु)
काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली पर्व। आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन्। यसै अवसरमा वसन्तपुरमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृद्धवृद्धा,बालबालिका होली मनाइरहेका छन् ।