आजदेखि सबै कार्यालय खोल्न जिप्रका काठमाडौँको निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको सार्वजनिक बिदा खारेज गरेको जनाएको छ। आइतबार राति १० बजे सूचना जारी गर्दै सोमबार बिहान १० बजे सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा सेवा प्रवाह पुनः सुरु गर्न निर्देशन दिएको हो ।