बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
काठमाडौं । पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् ।