बारामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला
वीरगन्ज । बारामा बुधबार एकै परिवारका तीनजनाको शव फेला परेको छ । उनीहरुको शव खोलाको किनारमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको शव फालिएको अवस्थामा भेटिएको हो।