विपदमा जीविकोपार्जनका माध्यम गुमाएकालाई न राहत न क्षतिपूर्ति
पाँचथर । प्राकृतिक विपद्मा जीविकोपार्जनका माध्यम गुमाएका सर्वसाधारणले सरकारबाट राहत वा क्षतिपूर्ति केही नपाउँदा दैनिकी चलाउन मुस्किल परेको गुनासो गरेका छन्। विगत तीन वर्षदेखि निरन्तर बाढीपहिराको सामना गर्दै आएका यहाँका नागरिकले खेती लगाइएको जमिन, बालीनाली, पशुचौपाया तथा पशुपक्षी गुमाउनुपरेको छ।