आज २५६९ औं बुद्ध जयन्ती, सार्वजनिक बिदा
काठमाडौं । आज भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्ती, देशैभर बिबिध कार्यक्रम गरी मनाइँदै छ । शान्तिका अग्रदूतका रूपमा विश्वमा चिनिएका सिद्धार्थ गौतमलाई भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका मानिदै बुद्धको पूजा, आराधना एवं प्रवचन गरी उनको जयन्त्री मनाइँदै छ ।