शनिश्चरेमा रक्तदान कार्यक्रम
विराटनगर । लकडाउनको समयमा अस्पतालहरुमा रगतको अभाब भएपछि राष्ट्रिय युवा संघ नेपाल, पथरी शनिश्चरे नगर कमिटी, मोरङले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रेडक्रस सोसाइटिको प्राबिधिक सहयोग मंगलबार जनआन्दोलन चोकमा आयोजित रक्तदान कार्यक्रममा ६३ पाउण्ड रगत संकलन भएको बताइएको छ