माधव नेपाल टनटन गर्ने पिलो थिए, निचोरिए तर एमालेको ओजन घट्दैन : अध्यक्ष ओली
झापा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पार्टीका लागि एउटा टनटन गर्ने पिलो भएको र उनी निचोरिएको टिप्पणी गर्नुभएको छ । आज झापाको बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ताको भेलालाई संवोधन गर्नुहुँदै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।