उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउँतर्फ लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।
उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेर नदी तर्न बाध्य भएका छन् । पुल नहुँदा चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हाका वासिन्दा बढी समस्यामा परेका छन् ।