आज कुकुर तिहार, लक्ष्मीपूजा र देवकोटा जयन्ती
काठमाडौं । नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज (सोमबार) लक्ष्मीपूजा । आजको दिन घर-घरमा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गर्ने गरिन्छ । यस्तै, साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकार प्रकारका रंगोली बनाउने चलन पनि रही आएको छ ।