क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया गरियो
काठमाडौँ । सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।