एएफसी यू–१७ एसियन कप छनोटः नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । एन्फा नेतृत्वले उपेक्षा गरेको एएफसी यू–१७ एसियन कप छनोटमा नेपाली युवा टोली आज प्रतियोगिताको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्य रहेको बताएका छन् ।