काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिजमा आज नेपाल र युएई भिड्दैछन्। खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले सुरुवाती तीन खेल जितेसँगै फाइनलमा पुगिसकेको छ भने हङकङलाई हराउँदै युएईले पनि फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।
नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो। हङकङलाई दुवै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो।
तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएईले २ खेलबाट २ अंक जोडेको छ भने हङकङ ३ खेलबाट अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।