त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपालले युएईको सामना गर्दै
काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिजमा आज नेपाल र युएई भिड्दैछन्। खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले सुरुवाती तीन खेल जितेसँगै फाइनलमा पुगिसकेको छ भने हङकङलाई हराउँदै युएईले पनि फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।