स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम १ अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
काठमाडौँ । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख्न कठिन