दु्रर्तमार्ग प्रभाव क्षेत्रमा तेस्रो चरणको वृक्षरोपणको प्रक्रिया शुरु
काठमाडौँ । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रभाव क्षेत्रभित्र परेर काटिएका रुख तथा बिरुवाको सट्टामा नेपाली सेनाले व्यापकरूपमा वृक्षरोपणको कामलाई अगाडि बढाइरहेको छ । सेनाले सोही प्रयोजनाका लागि बाराका तीन स्थानमा बिरुवा रोप्ने तथा हुर्काउने कामका लागि प्रक्रिया थालेको हो ।