काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास बैंकले लिएको छ । नायिका खड्काले बीस बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसंग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुनपाउदाँ आफुलाई खुसि लागेको बताउदै आगामी दिनमा बेंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस ९एइक् ःबअजष्लभ० मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।