३२. १९ प्रतिशतले निर्यातमा वृद्धि, एक खर्ब आठ अर्ब बराबरको निर्यात
काठमाडौँ । चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।