प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक बहुमतले पारित
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ। मंगलबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो। त्यसअघि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८२ का दफाहरूलाई निर्णयार्थ