नेप्सेमा उच्च अंकको छलाङ, ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको छ । गत साता सामान्य अंकले सुधार भएको बजारमा यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ