कोरोना खोपको मूल्य सार्वजनिक गर्न एमाले सांसद खगराज अधिकारीको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना खोपको मूल्य सार्वजनिक गर्न माग गर्नुभएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग गरेको छलफलमा सांसद अधिकारीले सो माग गर्नुभएको हो ।