काठमाडौं । साताको पहिरो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा अडिएको छ ।
सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले ओरालो लागेर ३६२.८२ विन्दुमा पुगेको हो ।
यसदिन कारोबारमा आएका १३ समूहको सूचक नकारात्मक देखिएका छन् । फाइनान्स समूहको सूचक सर्वाधिक २.८८ प्रतिशतले घटेको छ।
यसैगरी डेभलपमेन्ट बैंकको २.०६ र हाइड्रोपावर २.०४ प्रतशतले सूचक घटेको हो ।
बैंकिङ र माइक्रो फाइनान्स १ प्रतिशत बढीले सूचक घट्दा होटल्स एन्ड टुरिजम,इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स,मनु ए्ड प्रो, म्युचुअल र नन लाइफ इन्स्योरेन्सको सूचक ०.९४ प्रतिशतसम्म घट्यो ।
आइतबार २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको सेयर कारोबार भयो ।
इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो भने ग्लोबल आइएमइ ब्यालेन्सको सूचक ९.५५ प्रतिशतले बढेको हो ।
यसदिन कारोबार रकमका आधारमा एग्रिकल्चर डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो । सो बैंकको ६ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।
























